Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सिधाकुरा डटकमका पत्रकार कँडेल र ढुंगाना थुनामुक्त

सिधाकुरा डटकमका पत्रकार कँडेल र ढुंगाना थुनामुक्त

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक र सम्पादक थुनामुक्त भएका छन् ।

माफी मागेपछि सिधाकुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेल थुनामुक्त भएका हुन् ।

अदालतको अवहेलना ठहर भएका ढुंगाना र कँडेल असोज १३ गते जेल चलान भएका थिए ।

‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ भनेर प्रसारण/प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा उनीहरुलाई जेल सजायको फैसला भएको थियो ।

विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकिएको छ भने सिधाकुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई ३ महिना कैद सजाय तोकिएको थियो ।

सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेका शृंखलाबद्ध सामग्रीले अदालतको अवहेलना गरेको दाबी गरी सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077