Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

माओवादीले पनि सरकारलाई बुझायो २० बुँदे ज्ञापनपत्र [पूर्णपाठ]

माओवादीले पनि सरकारलाई बुझायो २० बुँदे ज्ञापनपत्र [पूर्णपाठ]

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ ।

बाढीपहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनर्स्थापनाको माग गर्दै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको ज्ञापनपत्रमा आमनागरिकमा आशाको सञ्चार गर्दै प्रभावकारी प्रतिकार्य, राहत र सहयोग हुनुपर्नेमा सरकारका तर्फबाट एकीकृत, समन्वयकारी र प्रभावकारी पहल हुन नसकेको भन्दै तत्काल राहत र पुनर्स्थापनाको माग गरिएको छ ।

यस्तै आजै नेपाली कांग्रेसले पनि बाढी, पहिरो र डुबानबाट पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा सरकारलाई ३४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077