Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कराँचीमा बम विस्फोट हुँदा दुई चिनियाँ नागरिकको मृत्यु

कराँचीमा बम विस्फोट हुँदा दुई चिनियाँ नागरिकको मृत्यु

सोमवार , आश्विन २१, २०८१

एजेन्सी । पाकिस्तानको कराँचीमा बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको छ।

कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिक बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको हो ।

बम विस्फोटमा परी कम्तिमा १० जना घाइते भएका छन्। पाकिस्तानस्थित चिनियाँ दूतावासले घटनामा केही स्थानीय समेत मारिएको हुनसक्ने जनाएको छ।

दूतावासले उक्त आक्रमणलाई आतंकवादी हमला भनेको छ। बम विस्फोट भएको स्थाननजिक चिनियाँ इन्जिनियरहरू एउटा पावर प्रोजेक्टमा काम गरिरहेको र आतंककारीहरूले उनीहरूलाई निशाना बनाएको दूतावासको दाबी छ।

पृथकतावादी बलोचिस्तान लिबरेसन आर्मीले विस्फोटको जिम्मा लिएको छ। विज्ञप्ति जारी गरी बिएलएले चिनियाँ इन्जिनियर र उच्च अधिकारीहरूलाई लक्षित गरी आक्रमण गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077