Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दुर्गा प्रसाईंका समर्थकले आगजनी गर्दा घाइते भएका भारतीय नागरिकको मृत्यु

दुर्गा प्रसाईंका समर्थकले आगजनी गर्दा घाइते भएका भारतीय नागरिकको मृत्यु

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । झापामा दुर्गा प्रसाईंका समर्थले गरेको आगजनीमा परेका एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकका चालक छप्रा उत्तर दिनाजपुर घर भएक ४० वर्षीय पदा रायको उपचारको क्रममा मृत्यु भएको हो।

मेडिकल व्यवसायी प्रसाईँ पक्राउको विरोधमा झापा बन्द गर्ने भन्दै आन्दोलनमा उत्रिएका उनका समर्थकले यही असोज ७ गते बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगजनी गर्दा उनी गम्भीर घाइते भएका थिए।

उनलाई सुरुमा बिर्तामोडकै बीएण्डसी अस्पतालमा उपचार गरेर पछि थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज लगिएको थियो।

त्यही उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक रायका आफन्तले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाका नजिक भारतको पानीटंकीतर्फ शव राखेर प्रदर्शन गरेका थिए।

उनीहरूले आधाघण्टासम्म नाकामा अवरोध गरेका झापा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077