Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गृहमन्त्री लेखकले गरे बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

गृहमन्त्री लेखकले गरे बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

सोमवार , आश्विन २१, २०८१

धुलिखेल । गृहमन्त्री रमेश लेखकले काभ्रेको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

गृहमन्त्री लेखकले पनौती नगरपालिका-१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका-४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्।

काभ्रेको पनौती नगरपालिका-१२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति पुर्‍याएको थियो ।

गृहमन्त्री लेखकले सो क्षेत्रको रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा जानकारी लिएका थिए।

गृहमन्त्री लेखकले आज नै विपी राजमार्ग खण्डअन्तर्गत नमोबुद्ध नगरपालिकाको चौकीडाँडा र रोशी गाउँपालिकाको कटुञ्जे खण्डमा रोशी खोलामा गएको बाढीले पुर्‍याएको क्षतिको अवस्थाबारेमा स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077