Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

बाढीपहिरो प्रभावितको उद्धार र पुनःस्थापनाको काम सरकारले गर्छ : गृहमन्त्री लेखक

बाढीपहिरो प्रभावितको उद्धार र पुनःस्थापनाको काम सरकारले गर्छ : गृहमन्त्री लेखक

सोमवार , आश्विन २१, २०८१

काभ्रे । गृहमन्त्री रमेश लेखकले बाढीपहिरो प्रभावितको उद्धार, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणको सम्पूर्ण काम सरकारले गर्ने बताएका छन्।

बाढीपहिरोबाट प्रभावित काभ्रेको पनौती नगरपालिका-१२ स्थित कलाँती र बेथानचोकको स्थलगत अनुगमन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

गृहमन्त्री लेखकले बाढीपहिरो प्रभावितको खोजी उद्धार, राहत विरण, पुनःस्थापना र पुनर्निर्माणको सम्पूर्ण काम सरकारले गर्ने बताए।

उनले प्राकृतिक विपत्तिका कारण यस क्षेत्रमा धेरै मानवीय एंव भौतिक क्षति भएकोमा दुःख व्यक्त गरे ।

गृहमन्त्री लेखकले भने,‘प्राकृति विपत्तिले भएको क्षतिमा सरकार पीडामा छ, पीडाको बेलामा सरकारले गम्भीरतापूर्वक काम गर्नेछ, यहाँ तत्काल राहत वितरण, पूर्वाधार विकास, नागरिकका आधारभूत आवश्यकता, यस विपत्तिका कारण निम्तिन सक्ने महामारीजन्य रोगहरुको नियन्त्रणका लागि काम गर्न आवश्यक देखिएको छ ।’

सरकारले पहिलो चरणमा राहत वितरणलाई प्राथमिकतामा राखेर काम गृहमन्त्री लेखकले बताए ।

त्यसपछि सडक सञ्चार, बिजुली, दूरसञ्चार, खानेपानी व्यवस्थापन लगायतका नागरिकको आधारभूत आवश्यकताको व्यवस्थापनमा सरकारले काम गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077