Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

श्रीमतीको हत्या गरी फरार भएका काले तामाङ पक्राउ

श्रीमतीको हत्या गरी फरार भएका काले तामाङ पक्राउ

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । श्रीमतीको हत्या गरी फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका जितबहादुर भन्ने काले तामाङ रहेका छन्।

गत वैशाख १९ गते दक्षिणकाली नगरपालिका-६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पाको आफ्नै डेरा कोठामा मृत फेला परेकी थिइन् ।

घटनाबारे अनुसन्धान गर्दा शेर्पालाई उनकै पति जितबहादुरले कुटपिट गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनापछि जितबहादुर भने फरार भएका थिए ।

उनी उपत्यकाका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गर्न सफल भएको हो ।

जितबहादुरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077