Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

स्रोत नखुलेको १९ लाखसहित कलंकीबाट दुई जना पक्राउ

स्रोत नखुलेको १९ लाखसहित कलंकीबाट दुई जना पक्राउ

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा दोलखाको विगु गाँउपालिका-४ स्थायी घर भई हाल काठमाडौंको कलंकी बस्ने वर्ष ३५ की साबित्री वली र न्यूरोड वस्ने वर्ष २५ का सुरेश वली रहेका छन् ।

प्रहरीले कलंकीस्थित शंकास्पद कारोबार भईरहेको सुचनाको आधारमा प्रहरीले साबित्रीको साथबाट बैंकमा जम्मा गर्न बोकी हिडेको अवस्थामा श्रोत नखुलेको १५ लाख रकम फेला पारी बरामद गरेको थियो ।

प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम भारतिय नागरिकको रहेको र सावित्रीले विगत १ बर्षदेखि न्यूरोडस्थित रहेको भारतिय नागरिकको अफिसमा काम गर्ने गरेको बताएकी थिईन्।

सावित्रीलाई सँगै लगेर अफिसको चेकजाँच सुरेश वलीको साथबाट थप श्रोत नखुलेको ४ लाख रकम फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुको साथबाट १९ लाख नगद, ५ वटा बिभिन्न बैंकका स्लिप र एक थान ‍मोवाइल बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077