Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विकास निर्माणमा युवाको संलग्नता बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

विकास निर्माणमा युवाको संलग्नता बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणमा युवाहरुको संलग्नता बढाउनुपर्ने बताएका छन् ।

विश्व बसोबास दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले सहरी विकासमा युवाको संलग्नता बढाउन सरकारले पहल थाल्ने बताए।

यसका लागि सहरी विकास मन्त्रालय, जनता आवास कार्यक्रम, सुरक्षित नागरिक आवास कार्यक्रम तथा बस्ती विकास कार्यक्रम सञ्चालन गरी सरकार ग्रामीण क्षेत्रका नागरिकको समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाई छ ।

सरकारको तर्फबाट सहरी विकासमा युवाको संलग्नता विषयका लागि गर्नुपर्ने प्रयासलाई निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रमेशप्रसाद सिंहले वातावरणमैत्री सहरी पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता रहेको बताए ।

उपप्रधानमन्त्री सिंहले संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको आवासको अधिकारलाई सुनिश्चित गरिनुपर्ने बताए ।

उनले नेपालको संविधानमा व्यवस्था गरेअनुसार सीमान्तकृत, घरबारविहीन, सामाजिक तथा आर्थिक रूपले पछिपरेका नागरिकको आवासको हक सुनिश्चित गर्न सरकार लागिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077