Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

राष्ट्रपति भेट्न परराष्ट्रमन्त्री राणासहित शीतल निवास पुगे प्रधानमन्त्री ओली

राष्ट्रपति भेट्न परराष्ट्रमन्त्री राणासहित शीतल निवास पुगे प्रधानमन्त्री ओली

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पररराष्ट्रमन्त्री आरजु राणा देउवा शितल निवास पुगेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री शितल निवास पुगेका हुन्।

भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको थियो।

भेटका अवसरमा परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077