Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेपाल एयरलाइन्सले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान गर्ने

नेपाल एयरलाइन्सले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान गर्ने

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । नेपाल एयरलाइन्सले दशैंको फूलपातीका दिन काठमाडौं-भैरहवा उडान गर्ने भएको छ ।

सडक अवरुद्ध बनेको समयमा हवाई क्षेत्रमा यात्रुको छाप बढेपछि नेपाल एयर लाइन्सले काठमाडौं भैरहवा उडान गर्ने भएको हो ।

काठमाडौंबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडामा यो रुटमा उडान गर्न लागिएको नेपाल एयरलाइन्सले जनाएको छ ।

आरए १७३३ उडान नम्बर रहेको जहाज बिहान ११ बजे काठमाडौंबाट उड्ने भएको छ । यस उडानमा ३० किलोसम्म लगेज निस्शुल्क बोक्ने समेत नेपाल एयरलाइन्सले जनाएको छ ।

सोही जहाज १२ः३० बजे भैरहवाबाट काठमाडौं उड्ने छ । जसको भाडा ३ हजार ८९० राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077