Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट बने एसएसपी ज्ञवाली

उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट बने एसएसपी ज्ञवाली

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । आर्थिक प्रशासन महाशाखाका कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुर ज्ञवाली उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट भएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा भएको सि.सं.५ उच्चस्तरीय व्यवस्थापन तालिममा एसएसपी ज्ञवाली प्रशासनतर्फका अधिकृतहरुलाई समेत उछिन्दै सर्वोत्कृष्ट भएका हुन् ।

उनलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सर्वोत्कृष्टको प्रमाणपत्र प्रदान गरे । सो तालिम गत भदौ १६ देखि २१ असोजसम्म भएको थियो ।

सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका ज्ञवालीले सेवा प्रवेशकालको आधारभूत तालिम होस् वा पेशागत रुपमा प्रदान गरिने उन्नत सबै तालिममा उत्कृष्ट स्थान हासिल गर्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077