Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

प्रधानमन्त्री उद्धार कोषमा सोमबार चार करोड ७९ लाख रुपैयाँ जम्मा

प्रधानमन्त्री उद्धार कोषमा सोमबार चार करोड ७९ लाख रुपैयाँ जम्मा

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाले चार करोड ७९ लाख दश हजार तीन सय ९० सहयोग गरेका छन् ।

आज नेशनल हाइड्रोपावर विद्युत् कम्पनी (भारत सरकार) बाट एक करोड, प्रभु बैंकबाट एक करोड, अरुण तेस्रो पावर कम्पनीबाट एक करोड, एभरेष्ट बैंक लिबाट ५० लाख, प्राइम बैंकबाट ३१ लाख रकम कोषमा सहयोगस्वरुप जम्मा भएको हो।

त्यस्तै, प्रभु इन्स्योरेन्सबाट २५ लाख, प्रमु महालक्ष्मीबाट २५ लाख, प्रभु क्यापिटलबाट २५ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट १० लाख, इनर्जी ट्रीबाट आठ लाख एकहजार र नवीन कोइराला नुवाकोट हाल अमेरिकाबाट पाँच लाख नौहजार तीनसय ९० गरी जम्मा चार करोड ७९ लाख १० हजार तीन सय ९० उक्त कोषमा प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सो रकम बराबरका चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077