Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

लुटपाटमा संलग्न भारतीय गिरोह पक्राउ

लुटपाटमा संलग्न भारतीय गिरोह पक्राउ

सोमवार , आश्विन २१, २०८१

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित प्रभु बैंक अगाडि एक जेष्ठ नागरिकलाई लुटपाट गरेको आरोपमा चारजना भारतीय नागरिकहरु पक्राउ परेका छन् ।

यही असोज १ गते दिउँसो १२ बजे उनीहरुले एक जेष्ठ नागरिकले प्रभु बैंकबाट निकालेको ५० हजार रुपैयाँ लुटपाट गरेका थिए । बैंकबाट निकालेपछि घर फर्कने क्रममा ती अपरिचित व्यक्तिहरूले जेष्ठ नागरिकलाई पिछा गरी रकम लुटेर फरार भएका थिए ।

प्रहरीलाई घटना भएपछि पीडितबाट प्राप्त सूचनाको आधारमा लुटेराहरूको खोजी गर्न थालिएको थियो । अनुसन्धानकै क्रममा ती लुटेराहरू पुनः सोही स्थानमा देखा परेको र अन्य मानिसहरूलाई लुटपाट गर्ने योजना बनाइरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको बारा प्रहरीका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका व्यक्ति भारत, बिहार राज्यका हुन् । पक्राउ पर्नेमा पश्चिम चम्पारण, बिहारका सुरेश प्रसाद बानिया, शैलेश तिवारी, शर्मा मुखिया र मोजफरपुर बिहारका रबि दास रहेका छन् ।

उनीहरूले भारतीय नम्बर प्लेट भएको बीआर २२ बीजे ३१६४ मोटरसाइकल चढी आएका थिए । प्रहरीले उक्त मोटरसाइकल पनि बरामद गरेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077