Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

काठमाडौंवासी पानीका लागि तड्पिएका छन्, दसैं अघि नै घर-घरमा पुर्‍याउँछौँ : खानेपानीमन्त्री

काठमाडौंवासी पानीका लागि तड्पिएका छन्, दसैं अघि नै घर-घरमा पुर्‍याउँछौँ : खानेपानीमन्त्री

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले दसैं अगाडि नै काठमाडौंवासीका घरमा खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । उनले पानीका लागि तड्पिइरहेका काठमाडौंका नागरिकलाई दसैंभन्दा अगाडि नै खानेपानी खुवाउने लक्ष्यअनुसार काम भइरहेको बताए ।

“काठमाडौंवासी पानीका लागि निकै तड्पिएका छन्, मेलम्चीका नागरिकसँग आग्रह गरेर दसैं अगाडि काठमाडौंवासीका घरमा पानी पुर्‍याउँछौं”, मन्त्री यादवले भने,“विपद्को समयमा सबै नागरिकले एकजुट भएर आफूसँग भएको चिज प्रदान गर्नु नै धर्म हो ।”

काठमाडौंमा मेलम्चीको पानी ल्याउन र मेलम्ची खानेपानीको अवरोध खुलाउनका लागि आफू मेलम्चीवासीका घरमै पुगेर अनुरोधसमेत गर्ने मन्त्री यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077