Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

यस वर्षको हिउँदमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान

यस वर्षको हिउँदमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । यस वर्षको हिउँदयाम विगतको भन्दा न्यानो हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले हिउँद सरदरभन्दा बढी न्यानो हुने जनाएको हो।

विभागको ऋतुगत आकलनअनुसार यस वर्षको हिउँद याम (असोज १५देखि पुस १६गतेसम्मको अवधि) मा वर्षा पनि बढी हुने प्रक्षेपण गरेको छ।

विभागकाअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण-पूर्वी भू-भाग, लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ।

त्यस्तै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू-भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू-भागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपित छ। बाँकी भू-भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ।

विभागका अनुसार बागमती प्रदेशको मध्य तथा दक्षिणी भूभाग, मधेश प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भूभाग, लुम्बिनी प्रदेशको मध्य तथा पूर्वी भूभाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भूभागभा सदरभन्दा बढी गर्मी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ ।

कोशी प्रदेशका मध्य भूभाग, मधेश प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका उत्तरी भूभागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना भने ३५ देखि ४५ प्रतिशत छ । बाँकी भूभागमा भने सदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077