Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चार सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

चार सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077