Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

३९२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

३९२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

मंगलवार , आश्विन २२, २०८१

मकवानपुर । मकवानपुर प्रहरीले ३९२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गाँजा र ट्याङकर पक्राउ गरेको हो ।

बिशेष सुचनाको आधारमा पालुङबाट वीरगञ्चतर्फ जाँदै गरेको ना ७ ख १७७१ को ट्याङकरमा चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी-९ ज्यामिरेका ट्याङकर चालक २६ वर्ष रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ल रहेका छन् ।

प्रहरीले ट्याङकरको पाँचवटा डिब्बाहरुमध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा लुकाएर राखेको लागूऔषध गाँजा फेला परेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077