Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

उपनिर्वाचनमा गठबन्धन गर्ने माओवादी केन्द्रको तयारी

उपनिर्वाचनमा गठबन्धन गर्ने माओवादी केन्द्रको तयारी

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा वाम दलहरुसँग सहकार्यको प्रयास गर्ने भएको छ ।

अबका निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताउँदै आएको माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा गठबन्धनको ढोका खोलेको हो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव देव गुरुङले सोमबार जारी गरेको परिपत्रमा सत्तारुढ दल बाहेकका वाम तथा देशभक्त दलहरुसँग सहकार्यको प्रयास अगाडि बढाउन पहल गर्ने उल्लेख छ।

परिपत्रमा भनिएको छ,‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकल रूपमा चुनाव लड्ने तयारी गर्ने । यसका साथै सत्तारूढ दल बाहेकका बाम–देशभक्त दलहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्ने।’

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले यसअघि नै एक्लै निर्वाचन लड्ने बताइसकेका छन्।

स्थानीय तहका रिक्त ३४ पदमा यही मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ । माओवादीले उम्मेदवार छनोटको विधिसमेत तोकेको छ ।

वडाध्यक्षको उम्मेदवार छनोट गर्दा वडा सदस्यहरुको भेला गरेर सहमति खोज्नुपर्ने, नभए बहुमतबाट निर्णय गरेर पालिका समितिमा सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077