Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

तीन महिनाभित्र तीन एआईजीले अवकाश पाउँदै

तीन महिनाभित्र तीन एआईजीले अवकाश पाउँदै

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । नेपाल प्रहरीमा एआईजीसहित माथिल्लो तहमा दर्जनौं पद रिक्त छन् । रिक्त पदमा बढुवा तत्काल हुने संकेत देखिएको छैन ।

यही बीचमा उच्च तहका थप पदहरु रिक्त हुँदैछन् । आगामी तीन महिनाभित्र तीन एआईजीले अनिवार्य अवकाश पाउँदैछन् ।

एआइजी रामदत्त जोशी, भिमप्रसाद ढकाल र किरण बज्राचार्य अवकाशको मुखमा छन् । हाल कार्य विभागमा कार्यरत एआइजी जोशीले १८ कात्तिकमा अवकाश पाउँदैछन् ।

त्यस्तै, मानव स्रोत तथा विकास विभागमा कार्यरत भिमप्रसाद ढकालले २७ मंसिरमा अवकाश पाउँदैछन् । उपत्यका प्रहरी कार्यालयमा कार्यरत एआइजी किरण बज्राचार्यले १६ पुसमा अनिवार्य अवकाश पाउने बताइएको छ ।

यद्यपी प्रहरी किताबखानाले भने १८ मंसिरमा नै अवकाश हुने गरी उनलाई अवकाशपत्र दिइसकेको स्रोत बताउँछ । अवकाशको मुखमा केही एआइजीहरु कमाउनमा व्यस्त रहेको सूचना गृह मन्त्रालय पुगेको छ ।

त्यस्तै, केही डिआइजीहरु पनि अवकाश हुँदैछन् । डिआइजी राजेश बाँस्तोलाले ११ कात्तिकमा अनिवार्य अवकाश पाउँदैछन् । उनी नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत छन् ।

कोशी प्रदेशको नेतृत्व सम्हालिसकेका बाँस्तोला अवकाशको दुई महिनाअघि पावर लगाएर शिक्षालय पुगेका थिए । तालिमको बजेटमा चलखेल गर्न त्यसरी अवकाशको मुखमा शिक्षालय गएको चर्चा प्रहरीमा छ ।

डिआइजी किरण राणाले १६ कात्तिकमा अवकाश पाउनेछिन् भने प्रबन्धमा बसेर मस्त कमाएका डिआइजी केदार ढकालले २१ मंसिरमा अवकाश पाउनेछन् ।

प्रबन्धमा रमाएका ढकालले प्रदेश प्रहरी प्रमुखमा जान समेत अस्वीकार गरेका थिए । हाल उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यरत डिआइजी भरत बोहराले १४ पुसमा अवकाश पाउँदैछन् ।

हाल प्राविधिकसहित दुई एआईजी र पाँच डिआइजीको पद रिक्त छ । त्यस्तै, १७ एसएसपीको रिक्त हुने अवस्था छ । गत असारदेखि नै पदहरु रिक्त भएपनि बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।

२१ असोजसम्म कार्यसम्पादन मूल्याङकनको समय भएपनि त्यो गुज्रिसकेको छ । तर, तिव्र टक्करका लागि दशैंअघि बढुवा प्रक्रिया अघि बढाउने सम्भावना न्यून रहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077