Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बालिकाहरुलाई प्रवेश गराएको आरोपमा ठमेलका दुई डिस्कोका कर्मचारी पक्राउ

बालिकाहरुलाई प्रवेश गराएको आरोपमा ठमेलका दुई डिस्कोका कर्मचारी पक्राउ

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । नाबालिकालाई प्रवेश दिएको आरोपमा प्रहरीले ठमेलका दुई डिस्कोका कर्मचारीलाई पक्राउ गरेको छ ।

सिनेट र फायर क्लबमा छापा हानी काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको हो ।

सनिप महर्जन र सन्देष थापालाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध बालबालिकासम्बन्धि ऐनअनुसार कारबाही गरिने प्रहरीले कारबाही अघि बढाएको छ । ती क्लबका सञ्चालक भने पक्राउ परेका छैनन् ।

दशैंको मुखमा यसरी प्रहरीले डिस्कोमा छापा हान्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । केही क्लबमा मात्र छानी छानी छापा हानिएको छ ।

क्लबमा १८ वर्षभन्दा कम उमेरका किशोर किशोरी प्रवेश गराउन नहुने प्रावधान छ । तर, डिस्कोमा उमेर खुलाएर प्रवेश गराउने प्रणाली छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077