Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

श्रीमतीको टाउको काटी बोकेर हिंडेपछि...

श्रीमतीको टाउको काटी बोकेर हिंडेपछि...

बुधवार , आश्विन २३, २०८१

उदयपुर । प्रहरीले श्रीमतीको टाउको काटी बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जंगबहादुर घिसिङ तामाङ रहेका छन् ।

मंगलबार साँझ ६ः२० बजे उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेकी २८ वर्षीया प्रमिला लामाको टाउको काटेर बोकेर उनी हिँड्दै गरेका थिए ।

सामान्य विवादमा नै तामाङले श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रयोग गरी घाँटी काटी टाउको लिएर बाटोमा हिँड्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेको टोलीले पक्राउ गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ताप्ली गाउँपालिका-४ थानागाउँ स्थायी घर भई उनीहरू त्रियुगा नगरपालिका-६ जलजलेस्थित वडा कार्यालय नजिकै शम्शेर तामाङको घरमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका थिए ।

पक्राउ परेका तामाङलाई प्रहरीले हिरासतमा राखी थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077