Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अहिलेको अप्ठ्यारो घडीमा म सरकारलाई गाली गर्ने पक्षमा छैन : प्रचण्ड

अहिलेको अप्ठ्यारो घडीमा म सरकारलाई गाली गर्ने पक्षमा छैन : प्रचण्ड

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अप्ठ्यारो घडीमा आफू सरकारलाई गाली गर्ने पक्षमा नरहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले र्वतमान सरकार बढी सतर्क हुनुपर्ने बताए।

गत असोज १० देखि १२ गतेसम्म परेको वर्षात् र त्यसले निम्त्याएको विपत्तिमा सरकारको भूमिका कमजोर भएको जनगुनासो रहेको बताए।

अध्यक्ष प्रचण्डले भने,‘म अहिले बाहिर भन्दा पनि यो अप्ठ्यारो घडीमा सरकारलाई गाली गर्नतिर होइन सरकार अझ बढी सतर्क होस् भन्नेमा छु । सरकारबाट जति बढी भूमिका निर्वाह गर्नुपर्थ्यो, पुगेन भन्ने गुनासो छ ।’

विपत्तिका सुरूका दिन त सरकारका तर्फबाट धेरै नै कमजोरी भयो भन्ने गुनासो रहेको बताए।

त्यस्तै, अध्यक्ष प्रचण्डले संविधानको संशोधन भन्दा कार्यान्वयनको पक्ष प्राथमिकतामा पर्नुपर्ने बताए ।

आफूहरुको प्राथमिकता संविधान संशोधन भन्दा कार्यान्वयनमा रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077