Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

स्रोत नखुलेको २५ लाखसहित कञ्चनपुरबाट भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको २५ लाखसहित कञ्चनपुरबाट भारतीय नागरिक पक्राउ

बुधवार , आश्विन २३, २०८१

कञ्चनपुर । कञ्चनपुर प्रहरीले स्रोत नखुलेको २५ लाख बढी नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५ लाख बढी नगदसहित भारतको चम्पावत जिल्लास्थित टनकपुरका स्थानीय अभिशेक गुप्ता पक्राउ परेका हुन्।

सशस्त्र प्रहरीको ब्रम्हदेवस्थित बिओपीले उक्त रकम बरामद गरेको हो।

गुप्ताको साथबाट १२ लाख ७४ हजार २२० भारु र ५ लाख १३ हजार नेपाली रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त रकमको स्रोत खुलाउन नसकेपछि बरामद गरेर राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

बरामद गरिएको रकम, भारतीय नम्बरको स्कुटर र भारतीय नागरिकलाई कोहोलपुरस्थित राजश्व अनुसनधान विभाग पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077