Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दशैंको बेला चार प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना

दशैंको बेला चार प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । चार प्रदेशका केही स्थानमा दशैंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैं विशेष बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले सप्तमी, अष्टमीरनवमी र दशमीका दिन गण्डकी, बागमती, कोशी र मधेस प्रदेशका केही भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरेको छ।

आगामी असोज २४, २५ र २६ गते कोशी र मधेस लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरेको छ।

कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने महाशाखाले पूर्वानुमान गरेको छ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077