Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पाकिस्तानमा भएको आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

पाकिस्तानमा भएको आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

बुधवार , आश्विन २३, २०८१

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा भएको आतङ्कवादी हमलाको कडा निन्दा गरेको छ।

आक्रमणमा दुई जना चिनियाँ लगायत धेरैजना पाकिस्तानी नागरिकहरूको मृत्यु हुनुका साथै कयौँ पाकिस्तानी नागरिकहरू घाइते भएका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले ‘जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल, कराँची, पाकिस्तान नजिकै भएको हमलाको एक विज्ञप्तिमार्फत निन्दा गरे।

परिषद्का सदस्यहरूले आतङ्कवादको सबै रूप तथा अभिव्यक्ति अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि गम्भीर खतरा भएको दोहोर्‍याउँदै आतङ्कवादमा अपराधी, र प्रायोजकलाई जवाफदेही बनाउन कानुनी दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

यसैगरी अधिकारीहरूले सबै राज्यहरूलाई अन्तर्राष्ट्रिय कानून र सुरक्षा परिषद्का प्रस्ताव अन्तर्गतका दायित्वहरू अनुसार चीन र पाकिस्तानका सरकारसहित अन्य सान्दर्भिक अधिकारीहरूसँग सक्रिय रूपमा सहयोग गर्न आग्रह गरेका छन् ।

उक्त आतङ्कवादी हमलाको प्रतिबन्धित सङगठन बलुचिस्तान लिबरेसन आर्मीले जिम्मेवारी लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077