Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

४ अंकले नेप्से बढ्दा ३ अर्ब ७६ करोडको कारोबार

४ अंकले नेप्से बढ्दा ३ अर्ब ७६ करोडको कारोबार

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । सेयर कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

दिनभर निकै उतारचढावका बीच ४.८५ अंकले बढेर नेप्से परिसूचक २६६८.१७ विन्दुमा अडिएको हो।

सेयर बजार सामान्य अंकले बढेपनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यसदिन २९४ स्क्रिप्सको ८ करोड ३१ लाख २ हजार ६८५ कित्ता सेयर ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड १ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

सानिमा बैंकले १८ करोडको कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्स र साहस उर्जाले १५ र१५ करोडको कारोबार गरे।

यसैगरी एनएलजी इन्स्योरेन्सको ९ करोड ९१ लाख मूल्य बराबरको कारोबार भयो। कारोबारमा आएका १३० स्टक्सको मूल्य बढ्दा १०२ वटाको घट्यो। ११ स्टक्सको मूल्य भने यस दिन स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077