Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

झण्डै ५० किलो लागुऔषधसहित तीनजना पक्राउ

झण्डै ५० किलो लागुऔषधसहित तीनजना पक्राउ

बुधवार , आश्विन २३, २०८१

दाङ । दाङमा प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय सुविन्द्र पुन, ५१ वर्षीय चेतन बुढा र ४२ वर्षीय बिनी पुन रहेका छन् ।

घोराही उपमहानगरपालिका–१८ मसिनाबाट लागुऔषध अफिम र चरेशसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार असोज २२ गते दिउँसो गोप्य सूचनाको आधारमा सुविन्द्र र चेतनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा अफिम बरामद भएको थियो ।

सोधपुछका क्रममा अफिम रुकुम पूर्वका बिनी पुनबाट खरिद गरेको खुल्न आएपछि प्रहरीले बिनीपुनको डेरामा छापा मारी थप चरेश र अफिम बरामद गरेको हो ।

उनीहरूको साथबाट ३८ किलो ९७२ ग्राम चरेश र ११ किलो १८० ग्राम अफिमसहित विभिन्न उपकरणहरू बरामद गरिएको बताइएको छ । प्रहरीले उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077