Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुनसरी प्रहरीले भन्यो - दसैंमा घर छाडेर जाँदा खबर गर्नू, धन सम्पत्तिको सुरक्षा गर्छौँ

सुनसरी प्रहरीले भन्यो - दसैंमा घर छाडेर जाँदा खबर गर्नू, धन सम्पत्तिको सुरक्षा गर्छौँ

बुधवार , आश्विन २३, २०८१

सुनसरी । सुनसरी प्रहरीले दसैंमा घर छाडेर माइत, मामल र आफन्तको घर जाँदा खबर गरेर गए सुरक्षा दिने भएको छ ।

दसैंमा घर छाडेर अन्यत्र जाँदा चोरी डकैती हुने भएकाले प्रहरीलाई खबर गरेर गए जिल्लाबासीको धन सम्पत्तिको सुरक्षा प्रहरीले गरिदिने भएको हो ।

सुनसरीका अनुसार लामो समय घर छाडेर जाँदा चोरी डकैतीमा संलग्न ब्यक्तिहरूले घरमा प्रवेश गरी डकैती गर्ने भएकाले प्रहरीले दसैं विशेष सुरक्षा प्रदान गरी जिल्लाबासीको सम्पत्तिको सुरक्षा गर्ने ब्यवस्था गरिएको छ ।

१२ वटा पालिका रहेको सुनसरीमा धरान, तरहरा, इटहरी, इनरुवा, झुम्का, दुहबी, चक्रघट्टी, लौकही, भ्यान्टाबारी, हरिनगरा, चादबेला, चतरा, प्रकासपुरलगायतका मुख्य बजारहरूमा प्रहरीको विशेष टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077