Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

भैंसेपाटी प्रभाग हनि ट्रापिङ प्रकरण : इन्स्पेक्टरको जागिर धरापमा, एसपीमाथि पनि छानबिन हुने

भैंसेपाटी प्रभाग हनि ट्रापिङ प्रकरण : इन्स्पेक्टरको जागिर धरापमा, एसपीमाथि पनि छानबिन हुने

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागमा प्रहरीकै मिलेमतोमा भएको हनि ट्रयापिङ घटनाको विषयमा छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको छ ।

डिएसपी नरहरी अधिकारी नेतृत्वको समितिले बुधबार ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई प्रतिवेदन बुझाएको हो ।

स्रोतका अनुसार समितिले निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई फौजदारी मुद्दा नै चलाउनुपर्ने सिफारिस गरेको छ । प्रहरीकै मिलेमतोमा बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुलिएको छानबिन समितिको औँल्याएको छ ।

प्रभागमा एक जग्गा व्यापारीलाई थुनामा राखी ३० लाख असुल गरी छाडिएको थियो । एक युवतीलाई उजुरी हाल्न लगाएर यसरी पूर्व योजनाअनुसार नै पैसा असुलिएको छानबिन समितिको प्रतिवेदन छ । त्यसबापत प्रहरीले समेत लेनदेन गरेको पुष्टि भएको छ ।

साथै यो घटनामा एक एसपीको समेत शंकास्पद भूमिका देखिएको थियो । ती एसपीमाथि समेत छानबिन हुने सम्भावना रहेको ललितपुर प्रहरी स्रोत बताउँछ ।

सो घटनामा संलग्न इन्स्पेक्टर शाही यसअघि नै निलम्बनमा परिसकेकी छिन् । प्रहरीले हनि ट्रयापिङ गिरोहका नाइके ताज इस्लामसहित उनको समूहका युवतीहरु सुष्मा विक र भिमादेवी थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सो समूहले विगतमा पनि प्रहरीकै मिलेमतोमा धेरैलाई फसाइसकेको खुलेको छ । निलम्बित इन्स्पेक्टर शाहीमाथि समेत आपराधिक लाभ मुद्दा दायर हुने सम्भावना देखिएको छ । यद्यपी उनी कारबाहीबाट जोगिन शक्तिकेन्द्रबाट दबाब दिइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077