गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ ।
२८ वर्षीया रश्मी कुमालको अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
खुकुरी प्रहारबाट घाँटीको दाहिने भागमा गहिरो चोट लागेकी कुमाललाई उपचारका लागि तनहुँस्थित लक्ष्मी समुदायिक अस्पताल डुम्रे पुर्याइएको थियो।
डुम्रेबाट दमौली अस्पताल तनहुँ रेफर भएकी कुमालको उपचारकै क्रममा राती २ बजे मृत्यु प्रहरीले जनाएको छ ।शवको दमौली अस्पतालमा पोष्टमाटमको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनका श्रीमान राजु कुमाल विदेशमा छन् । घरमा आठ वर्षको छोरामात्र छन् ।
प्रहरीका अनुसार राति घर नजिकै साँस्कृतिक कार्यक्रम थियो ।
साँस्कृतिक कार्यक्रमबाट फर्किएर घरभित्र प्रवेश गर्ने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो ।