Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जहाज उडाइरहेका क्याप्टेनको मृत्यु भएपछि...

जहाज उडाइरहेका क्याप्टेनको मृत्यु भएपछि...

बिहिवार , आश्विन २४, २०८१

एजेन्सी । जहाज उडाउँदा-उडाउँदै टर्किस एयरलाइन्सका क्याप्टेनको मृत्यु भएको छ ।

अमेरिकाको सिएटलबाट टर्कीको इस्तानबुल जाँदै गरेको टर्किस एयरलाइन्सको जहाज उडाइरहेका क्याप्टेनको मृत्यु भएको हो ।

जहाज उडाइरहेका क्याप्टेनको मृत्यु भएपछि इमर्जेन्सी ल्यान्डिङ गरिएको थियो। मंगलबार राति स्थानीय समयअनुसार एयरबस ए ३५०, ७:०२ बजे सिएटलबाट इस्तानबुलका लागि उक्त जहाज उडेको थियो।

जहाज उडाइरहँदा ५९ वर्षीय क्याप्टेन इल्सिहिन पेहलिभान अचानक अचेत भएका थिए। जहाजमा पटकपटक उनलाई होसमा ल्याउने प्रयास गरे पनि उनको ज्यान जोगाउन भने सकिएन।

उनको ज्यान जोगाउन नसकेपछि को-पाइलटले अमेरिकाको जे.एफ.के विमानस्थलमा इमर्जेन्सी ल्यान्डिङ गर्ने निर्णय गरेका थिए।

उक्त जहाजलाई बुधबार बिहान ५:५७ बजे न्यू योर्कमा इमर्जेन्सी ल्यान्डिङ गराइएको थियो।  क्याप्‍टेन पेहलिभानको के कारणले मृत्यु भएको थियो भन्ने एयरलाइन्सले खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077