Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कैलालीबाट झण्डै डेढ लाख नगदसहित ११ जुवाडे पक्राउ

कैलालीबाट झण्डै डेढ लाख नगदसहित ११ जुवाडे पक्राउ

बिहिवार , आश्विन २४, २०८१

धनगढी । कैलाली प्रहरीले डेढ लाख लाख नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ।

गोदावरी नगरपालिका–२ को तेघरी र गौरीगंगा नगरपालिका–१ को गोप्काबाट डेढ लाख नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरिउको हो।

बुधबार साँझ गौरीगंगा नगरपालिका-१ को न्यू साउँद होटलको दोश्रो तला र गोदावरी नगरपालिका-२ को तेघरीस्थित सामुदायिक वनमा जुवातास खेलिरहेका विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ३४ वर्षीय टेकबहादुर बुढा, ४० वर्षीय पदम बहादुर चन्द, ३६ वर्षीय रामबहादुर बुढा, ३५ वर्षीय चक्र भुल, ४१ वर्षीय टंक साउद, ५४ वर्षीय बड्डो भुल, ४२ वर्षीय बल बहादुर भुल रहेका छन्।

यस्तै, गोदावरी नगरपालिका-२ तेघरी बस्ने ४१ वर्षीय जगुराम चौधरी, २२ वर्षीय आदर्श पाल, ४० वर्षीय मुकेश अर्याल, अर्घाखाँचीको छत्रदेव गाउँपालिका-२ बलकोट बस्ने ४० वर्षीय दिलिप केसीलाई पनि पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट एक लाख ४८ हजार नगद बरामद गरिएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077