काठमाडौं । भारत सरकारले बाढीपहिरोबाट अवरूद्ध सडक जोड्न १० वटा बेलिब्रिज नेपाललाई दिएको छ।
बाटपहिरोबाट अवरूद्ध भएको सडक सञ्जाललाई जोड्न सहज होस भनेर भारतले ३८ करोड रुपैयाँ मुल्यका यी बेलिब्रिज पुलका सामग्रीहरू दिएको हो ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई पुलका सामानहरू हस्तान्तरण गरिन् ।
उनले बेलिब्रिजका थप सामानहरू आगामी दिनमा पनि उलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन्।
भारतले बाढीपहिरोबाट प्रभावित परिवारलाई अत्यावश्यक सरसफाई सामग्री, औषधि, लाइफ ज्याकेट, स्लिपिङ म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, स्लिपिङ ब्याग, कम्बल, क्लोरिन ट्याबलेट र पानीका बोतलसहितको २५ टनभन्दा बढी राहत सामग्री उपलब्ध गराएको भारतीय दूतावासले जनाएको छ ।