Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कीर्तिपुरमा पार्टी कार्यालय बनाउने एमालेको निर्णय

कीर्तिपुरमा पार्टी कार्यालय बनाउने एमालेको निर्णय

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकास्थित मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ ।

बिहीबार बसेको विशेष सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालयको स्थायी भवन नयाँ ठाउँमा बनाउने निर्णय गरेको हो।

कीर्तिपुर नगरपालिका २ मा रहेको मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालयको भवन निर्माणका लागि शुक्रबार शिलान्यास गर्ने निर्णय गरेको छ ।

भोलि १२ बजेर १५ मिनेटमा एमालेले काठमाडौं कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवनको शिलान्या एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलले गर्नेछन् ।

२०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय भत्किएपछि पार्टी कार्यालय धुम्बाराही, माइतीघर हुँदै च्यासलबाट कार्यालय सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077