Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

हनुमान ढोकाको दसैँघरमा फूलपाती भित्र्याइयो

हनुमान ढोकाको दसैँघरमा फूलपाती भित्र्याइयो

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन बिहीबार राज्यका तर्फबाट नवदुर्गाको पूजा–आराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।

गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउँछन् । जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको थियो ।

यस वर्ष शार्दूलजंग गुल्म, नागार्जुनबाट गएको सशस्त्र प्रहरीको समूह, मंगल धुन गाउने मंगलिनी समूहको पनि सहभागिता रहेको उनले बताए ।

हनुमानढोका दरबारको नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दसैँघरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्रकाल रहुन्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेको थियो ।

गणतन्त्र स्थापनापछि भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उपस्थित हुने गरेका हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ । यस वर्ष संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे फूलपाती भित्र्याउने कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077