काठमाडौं । सन् २०२४ को साहित्य तर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङ्गलाई प्रदान गरिएको छ ।
उनलाई मानव जीवनको त्रासदि र त्यसमा आउने उतार–चढावका लागि गरेको लेखनको माध्यमबाट उजागर गर्नका लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।
५३ वर्षीया फिक्शन राइटर हानले २००८ मा आफ्नो उपन्यास ‘द भेजीटेरियन’ का लागि म्यान बुकर इन्टरनेशनल पुरस्कार पनि जितिसकेकी छन्।
नोबेल तर्फको साहित्य पुरस्कार प्राप्त गर्ने उनी १८ औँ महिला हुन् ।