Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

शुक्रवार १० बजेसम्ममा बीपी राजमार्ग सञ्चालनमा आउँछ : प्रधानमन्त्री ओली

शुक्रवार १० बजेसम्ममा बीपी राजमार्ग सञ्चालनमा आउँछ : प्रधानमन्त्री ओली

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहान १० बजेसम्ममा बाढीपहिरोबाट बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आउने बताएका छन् ।

फिल्डमा रहेका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग बिहीवार टेलिफोनमा कुरा भएका आधारमा ओलीले सडक खुल्ने जानकारी दिएका हुन् ।

सचिव शर्मा सडक मर्मत गर्ने प्राविधिक टोलीसहित रोशी गाउँपालिका– ९ को दाउनेमा रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो,’ ओलीले लेखेका छन्, ‘उहाँ सडक मर्मत गर्ने प्राविधिक टोलीसहित रोशी गाउँपालिका– ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ ।’

बिहीवार दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने शर्माको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘शर्माका अनुसार शुक्रवार बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ । बिहीवार दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ,' उनले भनेका छन्, 'शुक्रवार राजमार्ग खुलेपछि मात्र दशैँ मान्ने उहाँले बताउनु भयो । सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिकसहित सम्पूर्ण टिमलाई धन्यवाद !’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077