एजेन्सी । अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीका कारण ३० लाख घर डुबानमा परेका छन् ।
बुधवार राति फ्लोरिडासँग ठोक्किएको मिल्टन आँधीका कारण ठूलो धनजनको क्षति भएको हो । आँधीका कारण सेन्ट लुसिया राज्यमा ४ जनाको मृत्यु भएको छ ।
आँधीका कारण ३० लाख घर डुबानमा परेपछि बिजुली र खानेपानीको अभाव सुरु भएको बताइएको छ ।
फ्लोरिडाको सेन्ट पीटर्सबर्गमा खानेपानीको अभाव देखिएको हो। टैम्पाको पूर्वीय क्षेत्रमा ३५ जनाको उद्धार गरिएको छ ।