Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीले भनिन् - विपद्का कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखी दसैँ मनाउनू

पूर्वराष्ट्रपति भण्डारीले भनिन् - विपद्का कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखी दसैँ मनाउनू

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्षको दसैँले आ–आफ्नो परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडकरहित, मितव्ययी, तर खुसियालीका साथ मनाउन आग्रह गरेकी छन् ।

नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा शुभकामना दिँदै उनले यस्तो आग्रह गरेकी हुन् ।

उनले मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर आफन्तजनहरूसँगको सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पर्वको रुपमा लिनुपर्ने बताइन् ।

उनले यस वर्ष दसैँको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिका कारण धेरैलाई यो दसैँ अलि असहज र खल्लो पनि भएको भन्दै यो दसैँ पर्वलाई हामीले आ–आफ्नो परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडकरहित, मितव्ययी, तर खुसियालीका साथ मनाउनु पर्ने धारणा राखिन् ।

बडादसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्‍ने उनले शुभकामना व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077