Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अमेरिका मिल्टन आँधी : मृत्यु हुनेको संख्या १६ पुग्यो, पिउने पानीको अभाव

अमेरिका मिल्टन आँधी : मृत्यु हुनेको संख्या १६ पुग्यो, पिउने पानीको अभाव

शुक्रवार , आश्विन २५, २०८१

एजेन्सी । अमेरिकामा मिल्टन आँधीका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रिय तुफान केन्द्रका अनुसार उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो । आँधीका कारण आगामी दिनमा मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना रहेको बताइएको छ ।

फ्लोरिडाको एउटा अपार्टमेन्ट कम्प्लेक्सबाट करिब ४०० जनाको उद्धार गरिएको छ ।

बुधबार अमेरिकाको फ्लोरिडामा मिल्टन आँधी आएको थियो । त्यसपछि धेरै क्षेत्र डुबानमा परेका छन्।

यसबाहेक ३० लाखभन्दा बढी घरमा विद्युत् बन्द भएको छ। फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पिउने पानीको पनि समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077