Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सर्वोच्चका प्रधानन्यायाधीश राउत मलेसिया प्रस्थान

सर्वोच्चका प्रधानन्यायाधीश राउत मलेसिया प्रस्थान

शुक्रवार , आश्विन २५, २०८१

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मलेसिया प्रस्थान गरेका छन् ।

मलेसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश राउत मलेसिया प्रस्थान गरेको हो।

सर्वोच्च अदालतकाअनुसार प्रधानन्यायाधीश राउत क्वालालम्पुरमा आयोजना हुने एसिया र प्यासिफिक क्षेत्रका प्रधानन्यायाधीशहरूको १९ औँ सम्मेलनमा भाग लिनेछन् ।

उक्त सम्मेलन असोज २५ देखि २८ गतेसम्म आयोजना हुनेछ । प्रधानन्यायाधीशको प्रतिनिधिमण्डलमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्र ढकाल र रजिष्ट्रार विमल पौडेल पनि सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077