Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

विपद्ले दशैंको उल्लास छैन, अप्ठ्यारोमा परेकालाई सहयोग गर्नू : प्रधानमन्त्री ओली

विपद्ले दशैंको उल्लास छैन, अप्ठ्यारोमा परेकालाई सहयोग गर्नू : प्रधानमन्त्री ओली

शुक्रवार , आश्विन २५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंमा परिवारका सदस्यबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम नरहेको बताएका छन्।

भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

बाढी पहिरो जस्ता विपद्ले उल्लासमय हुन नसकेको यो दशैंमा सरकार विपद्ले दिएको पीडाबाट जनतालाई मुक्त गर्न केन्द्रित हुनुपर्ने भएकाले टीकाको कार्यक्रम नराखिएको बताए।

प्रधानमन्त्री ओलीले भनेका छन्, 'यो वर्षको दशैं उल्लासमय हुन सकेन । दशैंको मुखमा दशैं अघि आएको भीषण बाढी र पहिरोको कारण २ सय भन्दा बढीले ज्यान गुमाएका छन् । कति घाइते हुनुभयो । धेरै जनधनको क्षति भयो । भौतिक पूर्वाधार पुलहरू बाटाहरू ध्वस्त भए । धेरैलाई घरबारविहीन बनायो । पहिरावरका सदस्यहरू बाढी पहिरोले चुँडेर लग्यो । यसैले हामी विगतजस्तो हामी दशैंमा यो अवसरमा रमाउन सकेको छैनौँ । सरकारको नेतृत्वमा रहेको हैसियतले पुनर्निर्माण र पुनर्स्थापनामा जुट्नुपर्ने आवागमन सुगम बनाउनुपर्ने उत्तरदायित्वमा लागिरहेको छु ।'

उनले अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

सरकार भत्किएका घरहरू पुनर्निर्माण गर्नतर्फ र राहत तथा पुनर्स्थापनामा लागिरहेको पनि ओलीले आग्रह गरे।

प्रधानमन्त्री ओलीले गच्छेअनुसार दशैं मनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077