Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले गरे एमाले केन्द्रीय कार्यालयको शिलान्यास

प्रधानमन्त्री ओलीले गरे एमाले केन्द्रीय कार्यालयको शिलान्यास

शुक्रवार , आश्विन २५, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नयाँ भवनको शिलान्यास गरेका छन्।

प्रधानमन्त्री ओलीले कीर्तिपुर नगरपालिका–२ मा मदन भण्डारी स्मृति भवनको नाममा रहेको जग्गामा पार्टी कार्यालयको शिलान्यास गरेका हुन्।

कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा रहेको उक्त जग्गा भटभटेनीका सञ्‍चालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमाले पार्टी कार्यालय बनाउनका लागि दान दिएका थिए ।

काठमाडौं कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवन बन्नेछ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढीको सामना गरेको नेकपा एमालेले नयाँ भवन निर्माण गर्ने भएको हो ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077