Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आज र भोलि काठमाडौंमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

आज र भोलि काठमाडौंमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

शुक्रवार , आश्विन २५, २०८१

काठमाडौं । बडादशैंका अवसरमा यात्रुहरूको सहजताका लागि भन्दै सशस्त्र प्रहरी बलले आज र भोलि रिङरोडमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

आज बिहान ६ बजेबाट शुरू भएको निःशुल्क बस सेवाअन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगञ्ज र बालाजु रूटमा सञ्चालन गरिएको हो ।

यस्तै अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगञ्ज, गौशाला, कोटेश्वर, सातदोबाटो र कलंकी रूटमा सञ्चालन गरिएको सशस्त्र बलले जनाएको छ ।

चाडपर्वको समयमा सार्वजनिक गाडी कम गुड्ने भएकाले सर्वसाधारणको सुविधाका लागि बस सञ्चालन गरिएको हो ।

बडादशैंको अवसरमा यसअघिका वर्षमा पनि काठमाडौंमा सशस्त्रले निःशुल्क बस सेवा सञ्चालन गरेको थियो।

यसैगरी विगतका वर्षहरूजस्तै यस वर्ष पनि सर्वसाधारणका लागि सशस्त्रले देशभरी स्थानीय निकायसँगको समन्वयमा १९७ वटा लिङ्गेपिङ राखेको छ ।

विगत करिब १४ वर्षदेखि पिङ राख्ने कार्यलाइ यो वर्ष पनि निरन्तरता दिइएको सशस्त्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077