Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पहिरो पन्छाउने क्रममा एक्स्काभेटर नै पल्टिएपछि...

पहिरो पन्छाउने क्रममा एक्स्काभेटर नै पल्टिएपछि...

शुक्रवार , आश्विन २५, २०८१

काभ्रे । बीपी राजमार्गको पहिरो पन्छाने क्रममा खटिएको एक्स्काभेटर पल्टिएपछि बाटो खुलाउने प्रयासमा अवरुद्ध भएको छ।

काभ्रे प्रहरीकाअनुसार, आज बिहान रोसी गाउँपालिका-११, पिप्लेमा सुख्खा पहिरो खसेपछि फेरि अवरुद्ध बनेको थियो।

उक्त पहिरो पन्छाउन खटिएको एक्स्काभेटर नै पल्टिएपछि उद्धारका लागि अर्को एक्स्काभेटर मगाइएको हो। एक्स्काभेटर पल्टिएको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

बिहानको पहिरोमा सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई रोसी खोलामा खसालेको थियो भने खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077