Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाल प्रहरीले आज काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउने

नेपाल प्रहरीले आज काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउने

शनिवार , आश्विन २६, २०८१

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आज निःशुल्क बस सेवा दिने भएको छ।

सार्वजनिक यातायातका साधनहरू कम चल्ने भएकाले सर्वसाधारणलाई सहजताका लागि निःशुल्क बस चलाउन लागेको हो।

प्रहरीका अनुसार एउटा बस रिङरोडभित्र र अर्को बस रिङरोडबाहिरका यात्रुलाई मध्यनजर गरेर सञ्चालन सञ्चालन गरिनेछ।

काठमाडौं उपत्यकाभित्र एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुने प्रहरीले जनाएको छ।

यसैगरी दुई नम्बर रुटको बस नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077