Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

यस वर्षको मनसुन नेपालबाट बहिर्गमन

यस वर्षको मनसुन नेपालबाट बहिर्गमन

शनिवार , आश्विन २६, २०८१

काठमाडौं । यस वर्षको मनसुन शनिवारदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन शनिवारदेखि पूर्णरूपमा बहिर्गमन भएको हो ।

शनिवार अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि शनिवार बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो ।

यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो ।

शनिवार भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो । नेपालबाट मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ हो । यो वर्ष मनसुन सरदर मितिभन्दा १० दिन ढिलो गरी नेपालबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077