Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुक्खा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध

सुक्खा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध

आइतवार , आश्विन २७, २०८१

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका ८ मा सुक्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ।

शनिवार राति करिब ९ बजेतिर आएको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत ५० किलोमा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सुक्खा पहिरोका कारण राजमार्ग रातिदेखि अवरुद्ध भएको ट्राफिक प्रहरी पोस्ट पाँचखालले जनाएको छ ।

अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालन गर्ने गरी पहिरो पन्छाउने काम भइरहेको बताइएको छ ।

राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधनहरूको लामो लाइन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077