Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अवरूद्ध अरनिको राजमार्ग आयो सञ्चालनमा

अवरूद्ध अरनिको राजमार्ग आयो सञ्चालनमा

आइतवार , आश्विन २७, २०८१

काठमाडौं । सुक्खा पहिरो खसेपछि अवरूद्ध बनेको अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।

शनिवार राति करिब ९ बजेतिर आएको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ स्थित ५० किलोमा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

आज बिहान पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।

सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका पूर्वी भाग जोड्ने उक्त राजमार्ग अवरूद्ध भएपछि यात्रुहरू मर्कामा परेका थिए । राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधनहरूको लामो लाइन लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077